भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्थ मन्त्रालय, गण्डकी प्रदेश अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहतमा रही पशु विकास कार्यक्रम सञ्चालन गर्ने कार्यालय हो । गण्डकी प्रदेशको आर्थिक, सामाजिक कृषि तथा पशुपन्छी तथा मत्स्य विकासमा  क्षेत्रलाई परिचालन गरी भूमिको  प्रकृतिको आधारमा उपयोग गर्ने नीति लिई कृषि एवं पशुपन्छीजन्य उत्पादन एवं व्यावसायमा यान्त्रिकरण, व्यावसयिकरण, बजारीकरण र आधुनिकीकरणका माध्यमबाट प्रतिस्पर्धात्मक अवस्थाको सृजना गरी यस क्षेत्रको रुपान्तरण गर्दै रोजगारीको अवसर सृजना गर्ने लक्ष्यका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको स्थापना गण्डकी प्रदेश सरकारले गरेको होप्रदेश सरकार स्थापना देखि नै यो कार्यालय मिति २०७७ माघ २ गतेका दिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि मन्त्री माननिय श्री लेक बाहादुर थापा मगर ज्यूबाट ‌औपचारिक रुपमा कार्यलय स्थापना भई संचालनमा आएको छ। गोरखा जिल्लामा ११ वटा स्थानिय तह यस केन्द्रको कार्यक्षेत्र रहेको छ । व्यवासायि पशुपन्छी तथा मत्स्य पालन लागि संभावनायुक्त रहेको यस केन्द्रको कार्यक्षेत्र भित्र  पशुजन्य पदार्थ दुध, अण्डा, माछा मासुमा आत्मनिर्भर बनाई निर्यात प्रवर्द्दनका लागि विविध कार्यक्रमहरू जस्तैः पशुको नश्ल सुधार, पशु आहारा विकास, पशु स्वास्थ्य संरक्षण, वैज्ञानिक प्रविधि र सीपको विकास, व्यवसायिकरण गरी पशु जन्यपदार्थको प्रशोधन तथा बजार ब्यबस्थापनका कार्यक्रमहरु सञ्चालनमा जोड दिई आएको छ । वातावरणीय र सामाजीक सन्तुलन कायम राख्दै ग्रामिण परिवारको खाद्य तथा पोषण सुरक्षा तथा रोजगारी अभिवृद्धि गरी गरिबी न्यूनीकरण गर्न पशु तथा पशुजन्य प्रदार्थको उत्पादन र उत्पादकत्व वृद्धि गरी  ग्रामीण जनतालाई आत्मानिर्भर र  सक्षम वनाऊने तर्फ  यस कार्यालय हरतरहले लागिपरिरहेको छ ।