हाम्रो बारेमा
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मातहतमा रही पशु विकास कार्यक्रम सञ्चालन गर्ने कार्यालय हो । गण्डकी प्रदेशको आर्थिक, सामाजिक कृषि तथा पशुपन्छी तथा मत्स्य विकासको क्षेत्रलाई परिचालन गरी भूमिको प्रकृतिको आधारमा उपयोग गर्ने नीति लिई कृषि एवं पशुपन्छीजन्य उत्पादन एवं व्यावसायमा यान्त्रिकरण, व्यावसयिकरण, बजारीकरण र आधुनिकीकरणका माध्यमबाट प्रतिस्पर्धात्मक अवस्थाको सृजना गरी यस क्षेत्रको रुपान्तरण गर्दै रोजगारीको अवसर सृजना गर्ने लक्ष्यका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको स्थापना गण्डकी प्रदेश सरकारले गरेको हो।

