भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्य विवरण

  • पशुपन्छी तथा मत्स्य विकास सम्वन्धी कृयाकलाप संचालनका लागी प्रदेश सरकारको आधिकारिक निकायको रूपमा कार्य गर्ने ।
  • स्थानीय तहमा संचालित पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि कृयाकलापहरूको समेत टेवा पुग्ने किसिमले रोग निदान, उपचार, नियन्त्रण र रोकथामका लागी नियमित रूपमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा प्रदान गर्ने ।
  • पशुपन्छी तथा मत्स्य धनको स्वास्थ्य संरक्षणका लागि रोग निदान, पशु उपचार सेवा र रोग प्रतिरोधात्मक खोप सेवा संचालन गर्ने
  • पशुपन्छी रोग निदान र उपचारका लागि आवश्यक गोबर परिक्षण, रगत परिक्षण, पिसाब परिक्षण र छाला परिक्षण जस्ता आधारभूत प्रयोगशाला सेवा तथा सम्भाव्यताका आधारमा Microbial Test, Antibiotic Sensitivity Test, Disease Screening Rapid Test जस्ता प्राथमिक प्रयोगशाला सेवा प्रदान गर्ने ।
  • पशु आहाराको आपूर्तिको सुनिश्चितताको लागि स्थान विशेषको सम्भाव्यताको आधारमा चरन तथा खर्कको संरक्षण र विकास, भुर्इ तथा डाले घाँसको प्रवर्द्धन र घाँस संरक्षणका विधिहरूको प्रचार प्रसार एवं प्रवर्द्धन गर्ने ।
  • पशु नश्ल सुधार सेवा संचालन गरी कम उत्पादनशिल स्थानीय जातका पशुहरूको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै व्यसायिक पशुपालन तथा उन्नत नश्लका पशुको श्रोत केन्द्र विकासमा सहयोग गर्ने ।
  • पशुपन्छी तथा मत्स्य जन्य उत्पादनको व्यवस्थित बजारीकरण, औधोगिकरण र निकासी प्रवर्द्धनका लागि आवश्यक पुर्वाधारहरूको विकास र संचालनमा टेवा पुर्याउने ।
  • जनस्वास्थ्य संरक्षणका लागि जुनोटिक एवं सिमाविहिन माहामारीजन्य रोगहरू सम्बन्धि सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने ।
  • कार्यक्षेत्र भित्रका प्राविधिक कर्मचारी, कृषक र व्यवसायीहरू लक्षित पशुपन्छी तथा मत्स्य विकाससंग सम्बन्धित विशिष्ठिकृत ज्ञान र शीप प्रदान गर्नका लागि ३ दिन सम्मको तालिम संचालन गर्ने ।
  • स्थानीय तहमा कार्यरत प्राविधिकहरूको क्षमता र दक्षताले नभ्याउने प्रकृतिका पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि प्राविधिक सेवा टेवा र पृष्टपोषण प्रदान गर्ने ।
  • महामारी तथा प्राकृतिक प्रकोपका कारण भएको पशुधनको क्षति विवरण संकलन तथा क्षतिपूर्ति, राहत र पुनरस्थापनाका कार्यहरू गर्ने/गराउने ।
  • पशुपन्छी तथा मत्स्य जैविक विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, उपयोग र प्रवर्द्धनमा टेवा पुर्याउने ।
  • स्थानीय तहसँगको समन्वयमा बिषयगत तथ्याङ्क संकलन र प्रेषण हुने प्रवन्ध मिलाई आवधिक तथ्याङकहरू तालुक निकायमा पठाउने।
  • माछापालनको क्षेत्र विस्तार, मत्स्यपालन ह्याचरी स्थापना लगायत मत्स्य विकास कृयाकलापहरू संचालन गर्न/गराउने
  • पशुपन्छी तथा मत्स्य विकास क्षेत्रका न, नियम, मापदण्ड र संहिताहरूको कार्यान्वयन र नियमन गर्ने/गराउने ।
  • स्थानीय आवश्यकतामा आधारित पशुपन्छी तथा मत्स्य विकास सम्वन्धि Feeding Trial, Drug Efficacy Trial, Epidemiological Study जस्ता आधारभूत अध्ययन परिक्षणहरू संचालन गर्ने ।
  • प्रदेश सरकारको लक्ष मूताबिक दुध, मासु र अण्डाको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा टेवा पुर्याउने ।
  • भेटेरिनरी तथा पशु विज्ञान बिषयको स्नातक वा जे.टि./जे.टि.ए. कोर्षमा अध्ययनरत विध्यार्थीहरूको इन्टर्नसिप वा OJT प्रशिक्षणमा सहयोग गर्ने ।
  • स्थानीय तहबाट जारी हुने पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि न, नियमावली, निर्देशिका, कार्यविधि र मापदण्ड तर्जुमामा आवश्यक पक्षपोषण, समन्वय र सहकार्य गर्ने ।
  • पशुपन्छी तथा मत्स्य बिमा तथा सहुलियत ब्याजदरको कृषि कर्जा प्रवाहमा समन्वय र सहजिकरण गर्ने ।
  • पशुपन्छी तथा मत्स्य विकास क्षेत्रमा नविनतम प्रविधि, श्रव्यदृश्य सामग्री र जानकारीमूलक सूचना प्रवाह गर्ने/गराउने पशु सेवा सुचना केन्द्रको रूपमा कार्य गर्ने ।
  • प्रदेश अन्तर्गत सन्चालन हुने संघिय पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम, आयोजना, कृयाकलापहरूमा आवश्यक समन्वय र सहकार्य गर्ने ।
  • पशुपन्छी तथा मत्स्य विकासको सन्दर्भमा प्रदेश र स्थानीय तहहरू बिच समन्वय गर्ने ।
  • तालुक मन्त्रालय र निर्देशनालयको निर्देशन मुताबिकका अन्य कार्यहरू गर्ने/गराउने ।

 

 पशु चिकित्सा तथा प्रयोगशाला शाखा

  • पशुपन्छी तथा मत्स्यका लागी विशिष्टिकृत पशु चिकित्सा (मेडिकल, सर्जिकल, गार्इनोकोलोजिकल, रेडियोलोजिकल) सेवा प्रदान गर्ने।
  • पशुपन्छी तथा मत्स्य स्वास्थ्य परिक्षण तथा रोग निदानका लागि आधुनिक प्रविधि र उपकरणको प्रयोग गरी सेवा उपलब्ध गराउने ।
  • पशुपन्छी रोग निदानका लागि प्रयोगशाला (प्याथोलोजीकल, पारासाईटोलोजिकल, माईक्रोबायोलोजिकल, बेशिक भाईरोलोजिकल तथा बायोकेमेस्ट्रि) सेवा प्रदान गर्ने ।
  • पशुपन्छी तथा मत्स्य रोगहरूमा आवश्यकता अनुसार औषधोपचार सेवा संचालन गर्ने ।
  • पशुपन्छी तथा मत्स्य रोगको सर्भिलेन्स, तथ्याङ्क संकलन तथा व्यवस्थापन र सम्प्रेषण गर्ने ।
  • अल्ट्रासाउण्ड, एक्स-रे लगायतका सेवा उपलब्ध गराउने ।
  • विशेषज्ञबाट घुम्ती स्वास्थ्य शिविर लगायतका सेवा संचालन गर्ने ।
  • पशुको शव परिक्षण गर्ने ।
  • नेपाल राष्ट्रपक्ष रहेको विश्व पशु स्वास्थ्य संगठन लगायतका अन्तराष्ट्रिय तथा क्षेत्रीय संगठनमा पशुपन्छी (वन्यजन्तु समेत), माछा, मौरी रोग तथा अवस्थाको सम्बन्धमा निर्दिष्ट ढाँचामा रिपोर्टिङ गर्ने ।
  • पशु रोग जोखिम विश्लेषण गर्ने ।
  • रेविज रोग नियत्रणका लागि घरपालुवा तथा सामुदायिक कुकुर, विरालोमा खोप र बन्ध्याकरण सेवा संचालन गर्ने
  • पशुपन्छीमा खोपको माग तथा आपूर्ति व्यवस्थापन गर्ने ।
  • पशु स्वास्थ्य नियमन सेवा संचालन एवं समन्वय गर्ने ।
  • पशुपन्छी तथा मत्स्यजन्य महामारी एवमं प्रकोप व्यवस्थापन गर्ने ।
  • आधुनिक पशु उपचार सम्वन्धि प्रविधि हस्तान्तरण तथा विस्तार गर्ने ।
  • पशु स्वास्थ्य सम्वन्धि जनचेतनामूलक कार्य संचालन गर्ने ।
  • एक स्वास्थ्यको अवधारणा कार्यान्वयन गर्न कार्यक्षेत्र भित्रका स्वास्थ्य संस्थाहरूसँग समन्वय गर्ने ।
  • डेरी पसल, माछा/मासु पसल, बधस्थल, बधशाला, भेटेरिनरी औषधी पसल, पेट सप, केनल क्लब, एक्वरियम, पशु हाट बजार लगायतका पशु सेवा प्रदायकको अनुगमन तथा नियमन गर्ने ।
  • पशु कल्याण सम्बन्धि आवश्यक कार्य गर्ने ।

 

 पशु विकास तथा प्रविधि प्रसार शाखा

  • कृत्रिम गर्भाधान सेवा संचालनको लागि तरल नार्इट्रोजन तथा सिमेन व्यवस्थापन गर्ने ।
  • पशु प्रजनन्सँग सम्वन्धित समस्याहरूको निराकरण गर्न स्थानीय तहहरूसंगका समन्वयमा विशेष कार्यक्रमहरू संचालन गर्ने ।
  • स्थानीय तहलार्इ आवश्यकता अनुसार प्राविधिक पृष्ठपोषण गर्ने ।
  • पशुपालन क्षेत्रमा देखा परेका चुनतिहरूलार्इ सम्बोधन गर्न अध्ययन, परिक्षण, अनुसन्धान सेवा प्रवाह गर्ने ।
  • स्थानीय तहबाट माग भएको अवस्थामा गुणस्तरिय घाँसको विउ, डाले घाँसको बेर्ना, सेट्स लगायतका उत्पादन सामग्रीको आपुर्ती व्यवस्थापन सहजीकरण गर्ने ।
  • पशुपन्छी तथा माछाको स्रोत केन्द्र विकास गर्न आवश्यक सहजीकरण तथा प्राविधिक सेवा प्रदान गर्ने ।
  • पशुपन्छी, पशुपन्छीजन्य पदार्थ र पशु उत्पादन सामग्री तथ्याङ्क व्यवस्थापन तथा विवरण अध्यावधिक गर्ने ।
  • पशुपन्छी प्सारको योजना तर्जुमा, व्वसायिक योजना निर्माणमा आवश्यकता अनुसार स्थानीय तहलाइ सहजीकरण गर्ने ।
  • पशुपन्छी तथा मत्स्य कर्जा र बिमा प्रवर्द्धनमा सहजीकरण गर्ने ।
  • असल पशुपालन अभ्यास प्रवर्द्धा तथा विस्तार गर्ने ।
  • स्थानीय तहमा कार्यरत प्राविधिक तथा अगुवा कृषक/व्यवसायीको कार्यक्षमता अभिबृद्धि गर्न प्रशिक्षण/प्रदर्शनहरु संचालन गर्ने ।
  • प्रविधि/नतिजा प्रदर्शनको लागी सूचना केन्द्र संचालन गर्ने ।
  • व्यवसायिक पशुपन्छी तथा मत्स्य फार्म, ह्याचरी, दुग्ध प्रशोधन उद्योग र दाना उद्योगको तथ्याङ्क अध्यावधिक गर्ने र प्रदेश निर्देशनालयमा रिपोर्टिङ गर्ने ।

 मत्स्य विकास शाखा

  • मत्स्य पालन तथा मत्स्य विकासका लागि आधुनिक प्रविधि र उपकरणको प्रयोग गरी सेवा उपलब्ध गराउने ।
  • मत्स्यपालन क्षेत्रमा देखा परेका चुनौतीहरुलाई सम्बोधन गर्न अध्ययन, परीक्षण, अनुसन्धान सेवा प्रवाह गर्ने ।
  • स्थानीय तहलाई आवश्यकता अनुसार प्राविधिक पृष्ठपोषण गर्ने ।
  • स्थानीय तहबाट माग भएको अवस्थामा मत्स्य विज लगाएत मत्स्य उत्पादन सामग्रीको आपुर्ती व्यवस्थापन सहजीकरण गर्ने ।
  • मत्स्य सम्बन्धी तथ्याङ्क व्यवस्थापन तथा विवरण अध्यावधिक गर्ने ।
  • मत्स्य प्रसारमा स्थानीय तहलाई सहजीकरण गर्ने ।
  • मत्स्य कर्जा र बीमा प्रवर्द्धनमा सहजिकरण गर्ने ।
  • मत्स्य विकास शाखा नभएमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको हकमा मत्स्य विकास शाखाबाट सम्पादन हुने काम मध्ये मत्स्यपालन सम्बन्धित कार्य पशु विकास तथा प्रविधि प्रसार शाखाबाट र मत्स्य स्वास्थ्य तथा नियमनको कार्य पशु चिकित्सा तथा प्रयोगशाला शाखाबाट सम्पादन हुनेछ ।

 प्रशासन शाखा

  • कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने ।
  • कार्यालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • जिन्सी तथा स्टोर व्यवस्थापन गर्ने ।
  • जनशक्ति व्यवस्थापन गर्ने ।
  • अन्य सम्पुर्ण प्रशासनिक कार्यहरु संचालन गर्ने ।